विराटनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृ त्यु, दुई गम्भीर घाइते


भाद्र ११, विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–६ गछियामा बिहीबार भएको दुर्घटनामा परेर एक जनाको मृ त्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक सुन्दहरैंचा–६ का २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर श्रेष्ठ गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये श्रेष्ठलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइ पुर्‍याएपछि चिकित्सकले मध्यान्ह १२:१५ बजेतिर मृत घोषित गरेको खड्काले बताए।।

दुर्घटनामा परेर मोटरसाइकल चालक बाराको सिमरा–८ का ४५ वर्षीय राजकुमार पुलामी मगर पनि घाइते भएका छन्। गम्भीर अवस्थाका घाइते साइकल चालक बराइली र मोटरसाइकल चालक मगरको विराट नर्सिङमै उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार