भाद्र १२, सल्यान । बाढी पहिराेले क्षेति पुर्याएकाे सल्यान छत्रेश्वरी गाउँपालिकाका १ चामीमा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतका स्वकिय सचिव बिष्नु चन्द र कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाका स्वकिय सचिव खड्क शाहीले अनुगमन गरेका छन् ।
राेल्पा सँग सिमाना जाेडिएकाे चामीमा गएकाे भाद्र ३ गतेकाे अविरल बर्षाले बाढी जाँदा ठुलाे मात्रामा क्षेति पुर्याएकाे थियाे । पीडितलाइ भेट्दै दुवै स्वकिय सचिवले बस्ती विस्तार र पहिराे राेकथामका लागि आवश्यक निर्माण सामाग्री सहयाेगकाे लागि पहल गर्ने बताएका छन् ।
स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले एकद्वार प्रणालीबाट सहयाेग सामाग्री दिनुपर्ने उनिहरुकाे भनाइ छ । बाढीबाट चामीमा सल्यानका ८ घर र राेल्पाका ४ घर बढी प्रभावित भएका छन् भने यहाँ ठुलाे मात्रमा खेतबारी बग्नुका साथै अन्नबालीमा क्षेति पुगेकाे छ ।
पीडितहरुले आफुलाइ सामान्य खालकाे राहत भन्दा दिर्घकालिन याेजना दिएर बाढी पहिराे राेक्न र कटान भएका जग्गामा तारजाली लगाएर कृषि गर्ने वातावरण बनाउन उनिहरु सँग आग्रह गरेका छन् ।