आज सुनको भाउ ७०० घट्यो, एक ताेलाकाे मूल्य कति ?


भाद्र १२, काठमाडौं। आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको आजको मूल्य अनुसार प्रतितोता ७०० रूपैयाँले घटेको हो।

हिजो महासंघले छापावाला सुनको प्रतितोला मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ तोकेको थियो। आज तोलामा ७०० रुपैयाँले घटेर तोलामा ९६ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ९०० रुपैयाँ तोकेको छ भने चाँदीको मूल्य तोलामा १३४० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार