नेपालमा काेराेनाकाे कारण शुक्रबार मात्रै थप १२ जनाको मृ त्यु


भाद्र १२, काठमाडौं। नेपालमा काेराेना संक्रमणकाे कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना मृ त्यु भएकाे छ । याे सँगै नेपालमा ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।

देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार