• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

ग्राण्ड फिनालेमा पुगेकाे बेला नेपाल आइडलका एक सदस्यलाई कोरोना पुष्टि


भाद्र १२, काठमाडौं । ग्राण्ड फिनालेमा पुगेकाे बेला नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज र प्रतिस्पर्धीहरु अनुपस्थित रहेका छन् ।

नेपाल आइडल निर्माण पक्षले भनेको छ, ‘ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।’

निर्माण पक्षका अनुसार प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै आज बेलुका ५ बजेसम्म प्राप्त भएकाे भोट तथा जजको मूल्यांकनको आधारमा अन्न्पूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका छन् ।

नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि पाएकी छन् । त्यस्तै फस्ट रनरअप प्रवीण बेडुवाल बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचालेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार