• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

राेल्पा सिमेन्टकाे बदमासीः सिमेन्ट उत्पादनका नाममा ढुंगा निकासी


भाद्र १३, राेल्पा । पछिल्लाे समय राेल्पा सिमेन्टले मनपरि गर्न थालेकाे छ । कहिले स्थानीयहरु सँग गरिएका सम्झाैताहरुलाइ लत्याउदै मनपरि काम गरिरहेकाे छ भने कहिले सिमेन्ट उत्पादनकाे नाममा ढुंगा निकासी गरिरहेकाे छ ।

राेल्पाकाे त्रिवेणी गाउँपालिका ३ कोइलामा विसं २०६६ मा स्थापना भएको राेल्पा सिमेन्ट विशुद्द सिमेन्ट उत्पादन गर्ने भनेर स्थापना भएकाे थियाे । स्थानीयहरुलाइ राेजगार दिने र सिमेन्ट उत्पादन गर्ने भनिएकाे राेल्पा सिमेन्टले अहिले सिमेन्ट उत्पादन छाेडेर विनापुर्जा ढुंगा निकासी गर्न थालेकाे छ ।

बुधबार इलाका प्रहरी कार्यालय तुलसीपुरले ढुंगा बोक्दै आएका २० वटाभन्दा बढी टिप्पर नियन्त्रणमा लिएकाे छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार नियन्त्रणमा लिएका कुनै पनि टिप्परले कच्चा पदार्थ ढुवानीका लागि इजाजत पत्र राखेका थिएनन् ।

अहिले आन्तरिक राजस्व कार्यालय तुलसीपुरले कच्चा पदार्थ बाहिर बिक्री गरेको बिलको अनुसन्धान गरिरहेको छ । राजस्व कार्यालय प्रमुख लक्ष्मण श्रेष्ठले भन्नुभयो, “बिलको अनुसन्धान गर्दै छौँ, फर्जी बिल फेला परे कारबाही गर्छौं । ” आन्तरिक राजस्व कार्यालय तुलसीपुरले रोल्पा, दाङ, प्युठानमा रहेका सिमेन्ट उद्योग ठूूला करदाता भएकाले अन्तःशुल्क मात्रै लिने गरेको छ ।

कहाँ निकासी हुन्छ ढुंगा

आफ्नाे सिमेन्ट उत्पादनकाे लागि भनेर संकलन गरेकाे काेइला आसपासकाे ढुंगा राेल्पा सिमेन्टले केहि ढुंगा दाङकाे अमेलियामा लिएर स्टाेर गरेकाे छ भने केहि ढुंगा अर्घाखाँचीमा रहेकाे अग्नी सिमेन्टलाइ बिक्री गरेकाे लेकाली अनलाइनलाइ स्राेतले जानकारी दियाे ।

यता खानी तथा भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेका अनुसार कुनै पनि उद्योगले माइनिङ लाइसेन्स नवीकरण गरेको खण्डमा मात्रै अन्यत्र कच्चा पदार्थ बिक्री वितरण गर्न पाउँछन् । दैनिक दश चक्के टिप्परले १६ टन मात्रै कच्चा पदार्थ बोक्न पाउने व्यवस्था छ तर यो क्षेत्रमा गाडीले दैनिक २७ टन बोक्दै आएका छन् ।

ढंगा निकासीले सडक बिग्रीयाे

क्षमताभन्दा बढी कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्परका कारण राप्ती राजमार्गअन्तर्गत रहेको कपुरकोट–तुलसीपुर सडक खण्ड खाल्डाखुल्डी भएको छ भने कालोपत्रसमेत उप्किएको छ ।

त्यस्तै कपुरकाेटदेखि काेइला सम्मकाे सडक पनि बेजाेक अबस्थाकाे छ । याे सडकलाइ मर्मत गर्नुपर्ने भन्दै पटकपटक स्थानीयवासीहरुले आन्दाेलन गर्दै आएका छन् । केहि दिन अघि क्षेमता भन्दा बढी ढुंगा राखेर ढुंगा निकासी गर्दै गरेकाे टिप्पर खाली नजिकै सडक भासिएर दुर्घटना समेत भएकाे थियाे ।

याे पनिः राेल्पा सिमेन्टकाे मनपरि विरुद्ध स्थानीयबासीहरु आन्दोलित

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार