• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

मोटरसाइकल दुर्घटनामा परेर प्रहरी हवल्दारको मृ त्यु


भाद्र १३, विराटनगर । विराटनगर मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक प्रहरी हवल्दारको उपचारका क्रममा विराटनगरमा शनिबार बिहान मृ त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलानमा घर भएका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर मृ त्यु भएको हो।

कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान ४ बजेतिर उनले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो।

टाउकोमा चोट लागेका उनको उपचारका क्रममा बिहान ५:३० बजेतिर मृ त्यु भएको एसपी थापाले जानकारी दिए। उनले मोटरसाइकल घुम्तीमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो कि घटनाको अरु नै कारण छ भन्ने बारेमा अनुसन्धान सुरु गरिएको बताए।

 

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार