• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

फुटबल खेलिरहेका बेला चट्याङ लाग्दा १० बालबालिकाको मृ’त्यु


भाद्र १३, काठमाडौं । युगान्डामा फुटवल खेलिरहेकाे बेला चट्याङ लाग्दा  १० बालबालिकाको मृ त्यु भएको छ ।

अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए । पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको बीबीसीले जनाएको छ ।

१३ देखि १५ वर्षका बालबालिकाहरुको मृ त्यु भएको जनाइएको छ । ९ जनाको घटनास्थलमै मृ त्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा मृ त्यु भएको थियो । घाइते ३ जनाको भने यतिबेला उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार