• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

हेर्नुहाेस काेराेनाबाट सबैभन्दा धेरै ज्यान गुमाउने विश्वका १४ देश…


भाद्र १३, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित १० हजारभन्दा धेरै नागरिक गुमाउने मुलुकको संख्या १४ पुगेको छ। कोरोनाको चपेटामा नराम्ररी फसेको अमेरिकामा अहिलेसम्म १ लाख ८५ हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख १९ हजार ५०० जना संक्रमितको मृत्यु भइसकेको छ। मानवीय हताहति संख्याका तेस्रो स्थानमा रहेको मेक्सिकोमा ६३ हजार १४६ जना संक्रमितको ज्यान गएको छ।

अमेरिका १८५५००
ब्राजिल ११९५००
मेक्सिको ६३१४६

भारत ६२७१३
ब्रिटेन ४१४८६
इटली ३५४७२

फ्रान्स ३०५९६
स्पेन २९०११
पेरू २८४७१

इरान २१२४९
कोलम्बिया १८७६७
रूस १६९१४

दक्षिण अफ्रिका १३७४३
चिली १११३२

नेपालको दक्षिणी छिमेकी देश भारत चौथो स्थानमा छ। त्यहाँ अहिलेसम्म ६२ हजार ७१३ जना संक्रमितको ज्यान गएको छ।  बेलायतमा ४१ हजार ४८६, इटलीमा ३५ हजार ४७२, फ्रान्समा ३० हजार ५९६, स्पेनमा २९ हजार ११ र दक्षिण अमेरिकी मुलुक पेरुमा २८ हजार ४७१ जना संक्रमितको मृत्यु भएको छ।

यसैगरी इरानमा २१ हजार २४९, कोलम्बियामा १८ हजार ७६७, रुसमा १६ हजार ९१४, दक्षिण अफ्रिकामा १३ हजार ७४३ र चिलीमा ११ हजार १३२ जना संक्रमितले ज्यान गुमाएका छन्।

-एजेन्सी

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार