• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दूध नबिकेपछि भक्तपुरमा सडकमा पोखियो


भाद्र १३, काठमाडौं । निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।

किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले  बताए ।

‘आज बिहान दूध पोखिएको जानकारी आयो, कारण बुझ्दा नबिकेर फ्याँकिएको भनेर सञ्चालकले जानकारी दिए,’ प्रवक्ता प्रहरी नायव उपरिक्षक गिरीले भने ।

भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ ।

निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरालो लागेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

 

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार