• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

राप्ती प्रादेशिक अस्पतालमा कार्यरत ९ जनालाई कोरोना संक्रमण



भाद्र १३, दाङ । राप्ती प्रादेशिक अस्पतालमा कार्यरत ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत २ जना चिकित्सक, ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीलाई कोरोना देखिएको हो ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा शनिवार उनिहरुलाई कोरोना देखिएको हो । केही दिन अगाडी तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

दाङ्गमा चिकित्सक मै कोरोना संक्रमण पोजेटिभ देखिएको यो पहिलो घटना हो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार प्रादेशिक अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार