• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

शनिबार थप ८ सय ८४ काेराेना पुष्टि


भाद्र १३, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा आज थप ८८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३७ हजार ३४० पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ९७१ जनाको पिसीआर परीक्षण गरिएकोमा ८८४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम २० हजार ५५५ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन्  पछिल्लो २४ घण्टामा ३१३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।  हाल देशभर १६ हजार ५७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार