• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

विष सेवनपछि आमा र छोराको मृ’त्यु


भाद्र १३, कञ्चनपुर । कञ्चनपुरमा विष सेवनपछि आमा र छोराको मृ त्यु भएको छ।

पुनर्वास नगरपालिका–१ गणेशबस्तीमा आमाले बच्चासँगै विष सेवन गरेकोमा उपचारका क्रममा शुक्रबार बिहान ८ महिने शिशुको मृ त्यु भएको थियो भने २४ वर्षीया आमा सिकिस्त थिइन्।

उपचारकै क्रममा उनको पनि गएराति मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

विष आफैं सेवन गरेको या कसैले खुवाएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
घटना बिहीबार दिउँसो ३ बजे भए पनि उनीहरूलाई अस्पताल पुर्याइपछि मात्र प्रहरीलाई राति खबर भएको थापाले बताए । उनीहरूलाई श्रीमानले अस्पताल ल्याएका थिए।

 

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार