• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृ त्यु, दुई जना घाइते


भाद्र १ काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृ त्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा चापाकोट( ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख ९एसपी० होविन्द्र बोगटीले जानकारी दिए । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो ।

चापाकोट ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।

दुर्घटना भएको एम्बुलेन्स चापाकोट अस्पतालको हो । सो एम्बुलेन्स चापाकोटबाट विरामी लिएर काठमाडौं आएको थियो । काठमाडौंबाट चापाकोट–९ निवासी तीन जनालाई लिएर जिल्ला फर्किँदै गर्दा सो एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार