• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

बच्चालाई उपचार गर्न मोटरसाइकलमा अस्पताल लिदै गर्दा दुर्घटना भइ दुईजनाको मृ’त्यु


भाद्र १४, नेपालगञ्ज । बाँकेमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृ त्यु भएको छ। सर्पले टोकेको बच्चालाई उपचार गर्न नेपालगञ्ज ल्याउने क्रममा शमशेरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा चेवन देवकोटा र लिलाधर खड्काको मृ त्यु भएको हो ।

बाँकेको शमशेरगञ्जमा रहेको सशस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।तीन वर्षको लिलाधरलाई सर्पले टोकेपछि उनको उपचारका लागि मोटरसाइकलमा नेपालगञ्जतिर ल्याईँदै थियो ।

देवकोटाले मोटरसाइकल चलाएका थिए भने लिलाधरलाई समातेर उनकी आमा कौशिला बसेकी थिइन् । दुर्घटनामा कौशिला घाइते भएकी छन् ।दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि ल्याउने क्रममा चालक देवकोटाको बाटोमा मृ त्यु भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, सर्पले टोक्दा बिरामी भएका र दुर्घटनामा परेर घाइते भएका बालक खड्काको बिहान १०ः२० बजे भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा मृ त्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार