• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

आइतबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितकाे मृ’त्यु


भाद्र १४, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरैकाे मृ त्यु भएकाे छ । आइतबार मात्रै मुलुकभर थप १४ जनाकाे मृत्यु भएकाे छ । अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृ त्यु भएको हाे ।

मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै, मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार