• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

हजाराैं विद्यार्थीका गुरु हेमराज तामाङ सल्यानकाे सिडियाे बनेर आउँदै


खकेन्द्र केसी

भाद्र १४, सल्यान । प्रशिक्षक तथा लेखक हेमराज तामाङ सल्यान जिल्लाकाे प्रमुख जिल्ला अधिकारी (सिडियाे) बनेर केहिदिनमा सल्यान आउँदैछन् । हालका प्रमुख जिल्ला अधिकारी सिवराम पाेखरेल काभ्रेपलान्चाेक जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर जान लागेपछि सल्यानमा हेमराज तामाङ आउन लागेकाे गृह मन्त्रालय श्रोतले जनाएको छ।

पोखरेलले गत माघ २९ गतेदेखि सल्यानको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका थिए। पोखरेलको करिब सात महिनामै सरुवा भएको हो। पोखरेलले सल्यानको शान्ती सु ब्यबस्था निकै मजबुत गराएका थिए। कोरोना भाइरस कोभिड १९ को महामारीमा समेत पोखरेलले उत्कृष्ट कार्य गरेको जिल्लाबासी बताउछन। पाेखरेलकाे सरुवा भएसँगै मन्त्रालयमा सह सचिबको रुपमा कार्यरत रहेका तामाङ सल्यानमा सिडियाे बनेर आउन लागेका हुन् ।

काे हुन हेमराज तामाङ

भोजपुर सदरमुकाम नजिकैको पालुवामा बुबा लाखबहादुर तामाङ र आमा तिर्थकुमारी तामाङको कोखमा जन्मिएका हेमराज तामाङको नेपाल सरकारको निजामती सेवामा वि.सं.२०६७ चैत्रमा खरिदारबाट सुरु गरेका थिए ।

२०६९ असोजमा उनि शाखा अधिकृत हुँदै २०७४ मा नेपाल सरकारको उपसचिव भएका थिए । तामाङ २०७६ फागुनमा नेपाल सरकारको निजामतीको खुल्लातर्फ सहसचिव पदमा उतिर्ण हुन सफल भएका हुन् ।

औपचारिक शिक्षामा एम.एड.नेपाली, एम.पि.ए. र एल.एम.बी.सम्म अध्ययन गर्दै आएका तामाङले नेपालको निजामती क्षेत्र र अन्य क्षेत्रलाई मध्यनजर गरेर शाखा अधिकृत द्धितिय, तृतिय पत्र, नायव सुब्बा द्धितिय, खरिदार तृतिय, नेपाल बैंक लिमिटेड तह-३ सहलेखन, कर्मचारी संचय कोष तह-५ सहलेखन, नेपाल खाद्य संस्थान तह -४ सहलेखन जस्ता एक दर्जनको हाराहारीमा कृतिहरु प्रकाशन गरि सकेका छन् । २०७० देखि उनले पुस्तक लेखन सुरु गरेका हुन् ।

उनले निजामति तर्फ लाेकसेवामा हजाराैं विद्यार्थीलाइ समेत अध्यापन गराएका छन् । सल्यानकाे सिडियाे बनेर आउन लागेकाे भन्दै यतिखेर सल्यानबासी उनका विद्यार्थीहरुले पनि सामाजिक संजालमा बधाइ दिन सुरु गरेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार