• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा विप्लवका एक कार्यकर्ता र उनकाे बाइकमा बसेका अर्का एक गरि २ जना पक्राउ


भाद्र १५, सल्यान । सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका एकजना कार्यक्रर्ता र उनकाे बाइकमा बसेका अर्का एकजना पक्राउ परेका छन् ।

सल्यानकाे बागचाैर नगरपालिका निवासी नेकपा निकट युवा संगठनका जिल्ला सदस्य प्रकाश गिरी र आफ्नाे कामकाे सिलसिलामा उनिसँग बाइकमा लिफ्ट मागेर बसेका गाेरख केसीलाइ प्रहरीले पक्राउ गरेकाे नेकपाले एक प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएकाे छ ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानले उनिहरुले स्थानीय थारमारेमा चन्दाहरु असुली गरेकाे गाेप्य सुचना आएकाे कारण पक्राउ गरिएकाे जनाएकाे छ । उनिहरुलाइ अहिले इलाका प्रहरी कार्यालय थारमारेमा राखिएकाे र चन्दा असुली अन्तर्गत मुद्दा प्रक्रिया चलाइएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर उमाकान्त जाेशीले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार