• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा जुवा खेल्नेहरु बीच विवाद हुँदा छुरा प्रहार


भाद्र १६, सल्यान । सल्यानमा जुवा खेल्नेहरू बीच विवाद हुँदा एक जनामा छुरा (चक्कु) प्रहार भएको छ । जिल्लाकाे शारदा नगरपालिका ९ बागचाैर कुइरेखालीमा गएराती जुवा खेल्नेहरु बीच विवाद हुँदा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय ६२ बर्षका पुर्ण बहादुर थापालाइ स्थानीय ६५ बर्षका जय बहादुर महन्तले चक्कु प्रहार गरेका हुन । गाउमा भैरहेको विवाहमा गएका उनिहरू रातको समयमा जुवा खेलिरहेका थिए ।

जुवाकै विषयमा सामान्य विवाद भएपछि जय बहादुरले नजिकैको घरबाट चक्कु ल्याएर प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

छुरा प्रहारबाट घाइते भएका थापाकाे अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । उनकाे डाढमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने महन्तलाइ राती नै प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको विषयमा अनुसन्धान भैरहेको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार