भाद्र १६, सल्यान । सल्यानकाे बागचाैरमा एक महिना अघि शिक्षकबाट बला’त्कृत भएकी १४ वर्षीया बालिका बे’पत्ता भएकी छन् । भाद्र १२ गते घरबाटै बे’पत्ता भएकाे भन्दै बालिकाका बुवाले खोजतलाश गरिदिन भन्दै इलाका प्रहरी कार्यालय थारमारेमो निवेदन दिएका छन् ।
बेलुका करिब ८ बजेतिर खाना खाएर कोठामा गएकी बालिका कहाँ गएकाे हाे भन्ने बारे अहिलेसम्म पत्ता लागेकाे छैन् । बालिका आ’रोपित ३६ वर्षीय शिक्षक रामचन्द्र केसीसँग पहिले देखि नै सम्पर्कमा रहेकाेले उनि सँगै गएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।
शिक्षक बलात्कारकाे मुद्दा लाग्न वित्तिकै फरार भएका थिए । बालिकाले शिक्षकलाइ बला’त्कारकाे मुद्दा लगाए पनि आफुले माया गर्दै आएकाे यसअघि लेकाली अनलाइन सँगकाे कुराकानीमा बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यदि मलाइ सरले बिहे गर्नु भएकाे भए म बला’त्कारकाे मुद्दा लगाउने थिइन् तर मलाइ सरले बिहे गर्नु भएन् ।’
यता पीडित बालिकाका बुवाले रामचन्द्र केसी पक्षले नै छोरीलाइ अपहरण गरेको आ’रोप लगाएका छन् । ‘हामीले प्रहरीमा पनि जाहेरी दिएका छौँ’ उनले भने, ‘पिडक पक्षले मुद्धालाइ प्रभावित बनाउन अ’पहरण गरेको हुन सक्छ ।’
बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका शिक्षक रहेका केसीले लामो समयदेखि बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक पटक बला’त्कार गरेको भन्दै साउन ८ गते इलाका प्रहरी कार्यालय थारमारेमा पीडित पक्षले उजुरी दर्ता गराएका थिए । घटना पछि फरार रहेका आ’रोपितको खोजतलाश भैरहेको प्रहरीले जनाएको छ ।
बालिका बेपत्ता भएको निवेदन आएपछि बालिकाको खोजतलाश पनि तिव्र पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । वालिका घरबाटै हराएपछि सम्भावित सवै ठाउँहरुमा खोज्ने काम भैरहेको उनले बताए ।