• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

हिरासतमा या’तना दिएको आरोपमा ३ प्रहरी निलम्बित


भाद्र १६, काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृ त्यु भएका अभियुक्तलाई हिरासतमा या’तना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

प्रारम्भिक छानविनका क्रममा मृ त्यु भएका अभियुक्त विजय महरालाई या’तना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले तीन जनालाई निलम्बन गरिएको अनलाइनखबरलाई बताए । घटनाबारे थप छानविन भइरहेको उनले बताए ।

गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा घटनाको छानविन भइरहेको छ ।

छानविन समितिमा २ नं प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एक एसपी सदस्य छन् । समितिको प्रारम्भिक छानविनमा प्रहरी अधिकारीले या’तना दिएको देखिएको स्रोतको भनाइ छ ।

इलाका प्रहरी प्रकरण सार्वजनिक भएपछि डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालिएको थियो । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइ सकिएको छ ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको ह’त्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृ त्यु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार