• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

यी ५ जिल्लामा कोरोना संक्रमित छैनन्


भाद्र १६, काठमाडाैं । देशभर ७२ जिल्लामा कोरोना भाइरसले उग्र रुप लिइरहेका वेला नेपालकै केही जिल्ला भने कोरोनामुक्त छन् । जसअनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला शून्य संक्रमित भएका जिल्ला बनेका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि कोरोना लगेकाहरु निको भएर घर फर्केपछि ५ जिल्ला संक्रमणमुक्त बनेका हुन् ।यी जिल्लामध्ये मुस्ताङमा हालसम्म १ जनालाई मात्रै संक्रमण भएको थियो । अन्य कोरोनामुक्त बनेका जिल्लामा पनि थोरै मात्रामा संक्रमित भेटिएका थिए ।

जसअनुसार मुगुमा १३, सोलुखुम्बुमा ११, डोल्पामा ६ र हुम्लामा ५ जनालाई यसअघि कोरोना संक्रमण भएको थियो । अहिले ती सबै संक्रमणमुक्त भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार