• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

आफ्ना सदस्यकाे मृत्यु भएपछि मुक्तिनाथकाे लघुवित्तले दियाे २ लाख ८६ हजार


भाद्र १६, सल्यान । सल्यानमा एक महिलाकाे मृत्यु भएपछि लघु बैंकले किस्ता रकम मिनाह गरेकाे छ भने तिरिसकेकाे साँवा व्याज तथा काज क्रिया बापतको रकम हस्तान्तरण गरेकाे छ । मुक्तिनाथ विकास बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क कार्यालय थारमारेका सदस्य दिपा रावतको मृत्यु भएपछि बैकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाह र तिरिसकेकाे साँवा व्याज तथा काज क्रिया बापतको रकम हस्तान्तरण गरेकाे हाे ।

बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम ५ हजार हस्तान्तरण गरेको छ । त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा रु. १ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको छ ।

उक्त रकम शारदा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तुसीराम रावतलाइ मंगलबार हस्तान्तरण गरिएकाे हाे । साेहि वडा निवासी रहेकी मृतक दिपाकाे श्रीमान तिलक रावतलाइ त्यसपछि उक्त रकम दिइएकाे छ ।

मुक्तिनाथ विकास बैंक लि. थारमारे शाखाका शाखा प्रमुख गेहेन्द्र भट्टराईले बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको साथै हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनि देखि गरीबहरु लाई वित्तिय सेवा दिईरहेको साथै सामाजिक उत्तरदायीत्व मा सक्रिय भएर लागीरहेकोे बताए । यसअघि पनि याे बैंककाे लघुवित्तका एकजना सदस्यकाे मृत्यु भएपछि रकम हस्तान्तरण गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार