• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

नेपाली युवकको भारतमा गोली हानी हत्या


भाद्र १६, राैतहट । रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर ह*त्या गरिएको छ। ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी ह*त्या गरिएको हो।

सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी ह*त्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए। शव परीक्षणको लागि भारत विहारको मोतीहारी अस्पतालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ।

ह*त्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ। ईशनाथ नगरपालिका औरैया गाउँ निवासी सञ्चारकर्मी किशोरी यादवका अनुसार साहको पैसाको लेनदेनको कारण ह*त्या भएको हुन सक्छ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार