• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

व्यापारीहरुलाई हतियार देखाइ रकम असुल्ने पाँच जनालाई प्रहरीले गर्याे पक्राउ


भाद्र १७, मोरङ । व्यवसायीलाई धम्क्याउँदै रकम असुल गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सङ्गठित रुपमा अपराधिक समूह बनाएर व्यापारीहरुलाई हतियार देखाइ पैसा माग्ने, पैसा नदिए ज्यानै लिने धम्की दिइ रकम असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरलाई आपराधिक थलो बनाइ चोरी र लुटपाट गर्ने समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा कटहरी गाउँपालिका २ आदर्श टोलका एलेक्स भनिने रविन शर्माको घरबाट पेस्तोल र तीन थान गोलीसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक डिएसपी. सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको बिहार सीतामणि घर भइ विराटनगरमा चाइना बजारमा कपडा बेच्ने कामदार राजु साह, कटहरी गाउँपालिका २ आदर्शनगरका किसन साह, रविन शर्मा, अभिषेक राय तथा सप्तरी बोदेबरसाईन नगरपालिका ८ काचनका नन्दु भन्ने नन्दकिशोर साह छन् ।

उनीहरुलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो । उनीहरुको साथबाट ९७ हजार एक सय २० रुपैयाँ, अटोमेटिक पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद गरिएको एसपी खड्काले  बताए

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार