• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५१ पुग्याे, संक्रमितकाे संख्या साढे ४१ हजार नाघ्याे


भाद्र १७, काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृ*त्यु भएको छ । यो सहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृ त्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा  ३२० महिला र  ८०० पुरुष छन्।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।

पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट  २५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार