• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

कार दुर्घटना हुदा पाँच जना युवाको ज्यान गयाे


भाद्र १७, काठमाडाैं । भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको ज्यान गएको छ ।

उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा ती पाँच जनाको ज्यान गएको प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिएका छन् । उनका अनुसार बुधबार अपरान्ह १:३० बजे पाँच जना युवा सवार रहेका एक कार दुर्घटनाग्रस्त भएको थियो ।

उनीहरुलाई प्रहरीले उद्धार गरेको तर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ । उनीहरु सवार रहेको कारको विपरीत दिशाबाट आएको एक ट्रकले सो कारलाई ठक्कर दिएको थियो ।

त्यसपछि कार पनि उछिट्टिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक रेड्डीले उनीहरुको घटनास्थलमै निधन भए तापनि प्रहरीले थप अनुसन्धान भने गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार