• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

२८ वर्षीय युवाको जंगलमा लगेर विभत्स ह’त्या


भाद्र १७, झापा । झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बि*भत्स ह*त्या गरिएको एक युवाको श*व फेला परेको छ ।

आज बिहान फेला परेका शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले ह*त्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । उनको धा*रिलो हति*यारले टाउको छि*नाएको र शरीरका विभिन्न भाग का*टिएको अवस्थामा छ ।

सङ्घीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताए । उनको श*व पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार