• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

एकैपटक ४ बच्चा जन्माएकी आमाको आयाे यस्ताे दुखत खबर


भदौ १७, जनकपुरधाम । एकैपटक चार बच्चा जन्माएकी धनुषाकी एक महिलाको मृ*त्यु भएको छ ।

विदेह नगरपालिका ७ जोगियारा घर भएकी करिब ३० वर्षीया अमिरूल खातुनको बुधबार अपरान्ह अगाडी मृ*त्यु भएको हो । प्रसूति व्यथा लागेपछि खातुन मंगलवार जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएकी थिइन्।

त्यसको केही बेरपछि बेलुका करिब ५ बजे उनले ४ बच्चा जन्माएकी थिइन् । शल्यक्रियापछि बच्चा निकालिएका कारण उनको अवस्था गम्भीर थियो।

अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा उनको मृ*त्यु भएको छ। उनको शव आफन्तले अस्पतालबाट घर लगेका छन् । मृ*त्युको कारणबारे अस्पतालका डाक्टरले केही प्रतिक्रिया दिएका छैनन्।

शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो छ । चारै बच्चाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बच्चालाई अहिले आइसियुमा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार