फेरि आज सुनको मूल्य घट्याे


भाद्र  १८, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार बुधबारको तुलनामा ७ सय रुपैयाँले कमी भएर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनमा समेत प्रतितोला ७ सय रुपैयाँले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएको तेजाबी सुन बिहीबार ९६ हजारमा कारोबार भएको छ ।

यस्तै,चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार