• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

नेपालमा काेराेनाबाट मृ त्यु हुनेकाे संख्या २५७ पुग्याे, संक्रमितकाे संख्या साढे ४२ हजार नाघ्याे


भाद्र १८, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका १३ हजार ४१७ जनाको पीसीआर परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा कोरोना संक्रमण देखिएको बताए ।

यस्तै देशभरका विभिन्‍न अस्पतालबाट ९१७ डिस्चार्ज भएका छन् । हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृ त्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृ त्यु हुनेकाे संख्या २ सय ५७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार