• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा सबैले रुचाएका तेज वलि चलचित्र “काँडाको बाटो”मा अनुबन्धित


भदौ १९, दाङ । विविशा फिल्मसको ब्यानरमा निर्माण हुन लागिरहेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतना मूलक सामाजिक चलचित्र “काँडाको बाटो”मा सबैले रुचाएका पत्रकार तेज वलि अनुबन्धित भएका छन । विभिन्न म्युजिक भिडियोहरु,सर्ट मुभिहरु एवं जिल्लामा छायाँङ्कन गरीने विभिन्न स्थानीय चलचित्रहरुमा आफ्नो अभिनय प्रस्तुत गरीसकेका वलि मिडिया नेपाल दाङका अध्यक्ष हुन ।

दाङ जिल्लालाई कर्मथलो बनाई विभिन्न मेला महोत्सवको आयोजना गर्दै आईरहेका वली संचार जगतमा आवाजका धनि,एक सफल ब्यापारि पनि हुन उनले जिल्लामा अहिले सम्म ४/५ वटा कार्यक्रम गरिसकेका छन । समाजसेवा, जातीय विभेद, छुवाछुत , महिला हिंसा, लैङ्गिक हिंसा बिरुद्धमा आवाज उठाउन रुचि राख्ने उनि तुलसीपुरका स्थाई बासिन्दा हुन ।

जातीय विभेद एवं छुवाछुत बिरुद्धमा शसक्त जनचेतना मुलक कथा बस्तु बोकेको सामाजिक कथानक चलचित्र “काँडाको बाटो”मा वलिले सामाजिक अभियन्ताको भुमिका निर्वाह गर्ने निर्माण युनिटले जानकारी दिएको छ । फिल्मलाई पत्रकार बिष्णु कुमार देवकोटाले निर्देशन गर्नेभएका छन ।

 

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार