• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

राजुले सोमबहादुरको ह’त्या गरि टाउको झोलामा बोकेर प्रहरी कार्यालय गए


भाद्र १९, धादिङ । धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको ह’त्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार ह’त्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा भएको थियो।

उनका अनुसार २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको ह’त्या गरेको हो। ह’त्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए।

‘ह’त्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ,’एसपी रेग्मीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर ह’त्या गरेका हुन्। ‘उनीहरूबीच ठुलोभन्दा पनि सानोतिनो विवाद भएको हो,’उनले भने,’आवेगमा आएर गरिएको ह’त्या देखिन्छ।’

बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार