• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

एक महिनाअघि भएको विस्फोट भित्र एक व्यक्ति अझै जिवित !


भाद्र १९, काठमाडौं । लेबनानको राजधानी बेरुतमा एक महिनाअघि भएको ठूलो विस्फोटको भग्नावशेषमा एक व्यक्ति अझै जिवित रहेको संकेत मिलेको छ ।

२ सयभन्दा बढी मानिको मृ त्यु हुने गरी भएको विस्फोटमा झण्डै ४ हजार मानिस घाइते भएका थिए । साढे २७ सय टन अमोनियम नाइट्रेट विस्फोट भएको ठाउँको भग्नावशेष पन्छाउने क्रममा एक व्यक्ति जिवितै रहेको संकेत मिलेको हो।

एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एक जनाको मुटुको धड्कन थाहा भएको अनुसन्धानमा संलग्न कुकुरले पत्ता लगाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बुधबार राति त्यहाँ मानिस जिवितै रहेको पाइएको कुकुरले संकेत दिएको थियो ।

त्यसपछि हिजो पनि सो ठाउँमा कुकुरले एक व्यक्ति जिवितै रहेको संकेत दिएको छ । त्यो संकेत प्राप्त भएपछि सावधानीपूर्वक भग्नावशेष पन्छाउने काम भइरहेको छ । एकजना उद्धार कर्ताले भग्नावशेषमा दुई मिटर मुनि मुटुको चाल रेकर्ड भएको र तापक्रमको सेन्सरसँग समेत त्यो मेल खाएको जनाएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार