• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सहमतिमै आफ्नै दाजु बहिनीले यौ’न सम्पर्क गरे, बिवाह गर्न लाग्दा प’क्राउ


भाद्र १९, सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै दाजु बहिनीले बिबाह गर्न लागेको भन्दै प्रहरीले प’क्राउ गरेको छ।

बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। आफ्नै छोराछोरीले बिबाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन्। उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौ’न सम्पर्क गरेको बताएका छन्।

उनीहरुलाई प’क्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याइएकाे छ । अहिले दुवै जनालाई प’क्राउ गरेको र हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

यसअघि स्थानीय स्तरमा समेत छलफल भएको थियो।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार