• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

समाजसेबि अध्यक्ष दम्पती द्वारा निल सागर लाइ खाध्यान्न सहयोग


शिवराज खनाल /लमहि १९,भदौ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा समाज सेबि रत्न प्रसाद श्रेष्ठ दम्पतिले राप्ति गाउपालिकामा संचालनमा आएको निल सागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छ्न । विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले आश्रमलाई समस्या होला हामि पनि यो महान अभियानमा सामेल हुनचाहान्छौ अध्यक्ष श्रेष्ठले भने । सेवा आश्रममा अहिले २९ जना बेसाहारा हरु बस्दै आइरहेका छन ।

दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा ३ कट्टा चामल , ५ केजि दाल , ३ प्याकेट तेल सेवाआश्रम लाइ सहयोग गरेको अध्यक्ष दम्पतीले बताए । सस्था संचालक समितिका अध्यक्ष प्रकाश बिष्टले अध्यक्ष श्रेष्ठले सामाजिक कार्यगर्दै आइरहनु भएको र यस् आश्रमलाई सम्झेर सहयोग प्रदान गरेकोमा सहयोगि दम्पती लाइ धन्यवाद व्यक्त गरे । खाध्यान्न हस्तान्तरण कार्यक्रममा अध्यक्ष रत्न प्रसाद श्रेष्ठ कि धर्म पत्नि अन्जु श्रेष्ठ , देउखुरी बहुमुखी क्याम्पसका अध्यक्ष गणेश चौधरी,सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी लगाएत देउखुरीका कृयासिल पत्रकारहरु को समेत सहभागी रहेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार