• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

राष्टपतिले प्रधानन्त्रीलाई भनिन् ‘अर्थ र सञ्चार मन्त्रालय तपाईले सम्हाल्नुहाेस’


भाद्र २०, काठमाडाैं । अर्थ र सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सम्हाल्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी हुन्।

खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम शुक्रबार आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले शुक्रवार साँझ एक विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

“आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।”

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार