• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

थप १ हजार ४१ जनालाई कोरोना संक्रमण पुष्टि, मृ त्यु हुनेको संख्या २८० पुग्याे


भाद्र २०, काठमाडौं । नेपालमा शनिवार थप १०४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ९ जनाको मृ त्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृ त्यु हुनेको संख्या २८० पुगेको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा १२ हजार ४७५ ओटा नमूना परीक्षण गर्दा शनिवार ३४९ जना महिला र ६९२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभरमा कुल २७ हजार १२७ जना कोरोना मुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५६६ जना कोरोनाबाट मुक्त भई घर गएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार