• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा ९ महिने बालक सहित ३७ जनामा कोरोना पुष्टि


दाङ, २० भदौ ।  दाङको तुलसीपुरका १९ जना सहित जिल्लामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार ४०४ जनाको कोरोना परिक्षण गर्दा तुलसीपुरका १९ जना सहित ३७ जनामा संक्रमण देखा परेको हो ।

प्रतिष्ठानले शनिवार जारी गरेको विज्ञप्ती अनुसार तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट संकलन गरिएको १४३ जनाको नमुना स्वाव परिक्षण गर्दा १९ जनामा कोरोना देखीएको हो । यस्तैगरी घोराही र नारायणपुरबाट संकलित १९८ जनाको स्वाव परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

तुलसीपुरमा संक्रमित हुनेमा ९ जना पुरुष र १० जना महिला रहेका छन् । वडा नम्बर १ , ८ र १७ मा १÷१ जना, वडा नम्वर ५ र ६ मा ४÷४ जना, वडा नम्बर ७ मा ९ महिनाका बालक सहित दुई जना,वडा नम्बर १८ मा २ जना , वडा नम्वर १९ मा ३ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार