• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

स्वास्थ्य आमा समुहद्वारा बजार सरसफाइ 


नबराज राना मगर प्युठान
२० भाद्र-२०७७
नारी घर सपार्ने देखि देश नेतृत्व गर्ने एक झुझारु शक्ति हुन। पहिले पहिले घरको काम मात्र गर्नुपर्छ भन्ने सोचाई राख्ने समाजले गर्दा नारीको घरकै स्याहार गर्नमा जुनी बित्थ्यो। पछिल्लो समय सामाजिक कामको नेतृत्व देखि देशको नेतृत्व सम्म नारी पुगेका छन। आ आफ्नो गाउँ टोलका साना तिना झै झगडा ,बिबाद सामाधान देखि स्थानीय तहको मेलमिलाप केन्द्रको नेतृत्व नारीलेनै गरिरहेका छन। समाजमा घटने घटनालाई सहजै पार गर्न सक्छन । त्यति मात्र नभएर आफुले फजुल खर्च नगरी र नगराई बचत गर्छन, सोही रकम समुहमा लगानी गरिसकेपछि आबस्यक परेकाबेला प्रयोग गर्ने गर्छन।
फजुल खर्च गर्ने पुरुषलाई गतिलै पाठ सिकाउने नारी अचेल अन्य पुरुषले नेतृत्व गर्ने संघ सस्था भन्दा कुनैमा घटीमा छैनन्।
शनिबार एक उदाहरण फेला पर्यो , त्यो उदाहरण हो त्रिबेणी गाउँपालिका – ७ का स्वास्थ्य आमा समुहले तिलाबजार सरसफाई गर्नु। कोरोनाले गर्दा यतिबेला बिश्वनै चिन्तित छ। घरमै बसेर समय व्यतित गर्नु भन्दा सामाजिक दुरी कायम गरि बजार सरसफाई गरौँ भनेर आज अभियान चलाएका हौँ अध्यक्ष राम कुमारी डाँगी बताउनुभयो। बिहानै घरमा रहेका कुटो कोदालो ,हसिया बोकेर अभियानमा जुत्दै गर्दा के गर्न जाने हो भनी गरेको प्रश्नमा समुहकी सद्स्य कल्पना डाँगी (बुढा) ले भन्नुभयो अहिले बजारको बाह्य वातावरण सरसफाई गर्न जाँदै छौँ । स्थानीय तह, वडाको साथ लिएर बजारमा हुने आन्तरिक पक्षको पनि सरसरफाई गर्नेछौँ ।
अहिले भएको बाह्य सरसफाईले पक्कैपनी निकट भबिस्यमा आन्तरिक सरसफाई पनि नारिले गर्न सफलहुनेछन।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार