• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे बागचाैरमा दलित नागरिक समाज गठन


भाद्र २०, सल्यान । सल्यानकाे बागचाैर नगरपालिकामा दलित नागरिक समाज गठन गरिएकाे छ । शनिबार खेमराज सुनारकाे अध्यक्षतामा नगर स्तरीय २१ सदस्य कार्यसमिति गठन गरिएकाे हाे ।

जसकाे उपाध्यक्षमा राजिब सुनार, महासचिव सन्तोष विक, सचीव बसन्त परियार र कोषाध्यक्ष सुनिता कुमारी सुनार रहेका छन् ।

दलितहरुको एकता आजको आवस्यकताकाे नारालाइ आत्मसाथ गर्दै दलितहरुको समस्याहरू, आवस्यकता, सोच, व्यवहार र चेतना अभिवृद्धि गर्ने हेतुका साथ दलित नागरिक समाज गठन गरिएकाे अध्यक्ष खेमराज सुनारले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार