• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

अन्जली र दिक्पाल अभिनित दधीको ‘मेरो माया हेरिदेउ एक फेरी’ (भिडियो )


माधव अधिकारी/भदौ,२१ काठमाडौं । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर हेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।

राजन शाहीको कोरियोग्राफी , आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन । मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।  भिडियो: 

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार