भाद्र २०, सल्यान । सल्यानकाे बागचाैरमा एक महिना अघि शिक्षकबाट बला’त्कृत भनेर प्रहरीमा जाहेरी दिएकी १४ वर्षीया बालिका (जन्मदर्ताका आधारमा) सपना (परिवर्तित नाम) अहिले सम्पर्क बिहिन भएकी छन् । गएकाे साउन ८ गते सपनाले आफ्नै शिक्षकले आफुलाइ बला’त्कार गरेकाे भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
लगतै रामचन्द्र फ\रार भए । अहिलेसम्म न शिक्षक पक्राउ परे, न सपना पक्षबाट कुनै चासाे भयाे ! पछि भाद्र १२ गते घरबाटै सपना बे’पत्ता भएकाे भन्दै उनका बुवाले ३ दिनपछि खोजतलाश गरिदिन भन्दै इलाका प्रहरी कार्यालय थारमारेमाा निवेदन दिएका छन् । (घटना हुँदा सपनाका बुबा बिदेश थिए भने घटना भैसकेपछि उनि घर फर्किएका हुन्)
अहिले प्रहरीले सपनाका नजिकका व्यक्ती र आ’राेपित शिक्षक नजिकका व्यक्तीहरुाइ जिल्ला प्रहरी कार्यालयमा बाेलाएर साेधपुछ गरिरहेकाे छ ।
सपनाले आफुमाथी बला’त्कार भएकाे प्र’हरीमा जाहेरी दिएपछि साउन १० गते सपनाकाे घरमा पुगेर लेकाली अनलाइनले प्रत्यक्ष कुराकानी गरेकाे थियाे । करिब आधा घण्टाकाे कुराकानीमा सपनाले घटनाकाे बारेमा सबै बताएकी छन् । जुन अन्तरवार्ता लेकाली अनलाइनले अहिले पनि सुरक्षित राखेकाे छ ।
कसरी भएकाे थियाे घटना
पीडित सपना (परिवर्तित नाम) बागचाैर नगरपालिका २ निवासी हुन् भने शिक्षक रामचन्द्र केसी पनि साेहि वडा बासी हुन् । केसीले बागचाैरमै ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल संचालन गरिरहेका थिए र उनि बाेर्डिङका एमडी हुन् भने सपनाले साेहि स्कुलमा कक्षा ८ मा अध्ययन गर्थिन् ।
सपनाकाे पहिले अर्का एक केटासँग प्रेम थियाे । त्याे प्रेम घर परिवारले थाहा पाएपछि पछि उक्त केटा सँगकाे प्रेम विछेद भयाे । सपनाका बुबा बिदेशमा थिए । छाेरीकाे अर्का केटा सँग प्रेम भएकाे उनले थाहा पाएपछि रामचन्द्रलाइ आफ्नी छाेरीलाइ सम्झाइदिन र राम्राे सँग पढाइदिन उनले आग्रह गरेका थिए ।
त्यहि कारणले सुरु सुरुमा रामचन्द्रले आफ्नै छाेरी जस्तै ठानेर सपनालाइ सम्झाउने र पढाउने गर्थे । तर पछि शिक्षकले पनि सपनामाथी कुदृष्टिले हेर्न सुरु गरे ।
याै’न प्रस्तावकाे सुरु कहाँबाट भयाे
२०७६ मंसिरमा विद्यालयबाट शिक्षक, शिक्षिका र विद्यार्थी किबी खेतिकाे अवलाेकन गर्ने गाडी रिजर्भ गरेर राेल्पा गए । राेल्पाबाट फर्किने बेला अध्याराे भैसकेकाे थियाे । गाडीमा शिक्षक केसी अगाडीकाे क्याविन सिट छाेडेर बिचकाे सिटमा बसेकी सपनाकाे सिटमा आएर बसे ।
सपना सँग बसेपछि उनले गाडीकाे बत्ति समेत बन्द गरे । त्यसपछि सपनाकाे शरिरमा हात लिएर छुन थाले । सपनाले असहज मान्दै शिक्षकलाइ हल्ला गरिदिन्छु थालेपछि उनिले केहि गरेनन् ।
त्यसपछि २०७६ पुस २४ गते श्रीनगरमा प्यवसन सल्यानकाे वार्षिकत्वस कार्यक्रम थियाे। कार्यक्रममा सबै विद्यार्थीहरुलाइ लिनकाे लागि ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले एउटा गाडी रिजर्भ गर्याे । कार्यक्रममा सपनाले नृत्य पनि देखाउने तालिका थियाे ।
गाडीमा सबै शिक्षक, शिक्षिका र विद्यार्थीहरु गए तर रामचन्द्र केसीले सपनालाइ आफुले बाइकमा लिने भन्दै गाडीमा जान दिएनन् । गाडी अगाडी गयाे । सपना र रामचन्द्र पछाडी बाइकमा गए ।
सपना भन्छिन्, ‘बाइकमा सर र म सँगै गयाैं । बाटाेमा सरले एउटा हातले हेन्डिल समाउनु हुन्थ्याे, अर्काे हातले पछाडी मेराे घुँडा समाउनु हुन्थ्याे । मैले सर यस्ताे किन गर्नुहुन्छ भनेर साेध्दा उहाँले बाइक यसरी नै चलाउछन् भनेर जवाफ दिनुभयाे । अनि मैले पनि यस्तै हाेला त भनेर केहि भनिन् ।’
श्रीनगरमा पुगेपछि सपनाले कार्यक्रममा नृत्य पनि देखाइन् । साँझ कार्यक्रम सकिएपछि रामचन्द्रले रिजर्भ गरेकाे गाडीलाइ अगाडी जान भने तर आफ्नाे बाइक बिग्रिएकाे भन्दै मर्मत गर्न तिर लागे । बाइक मर्मत गर्दा र अन्य व्यक्तिहरु सँग गफगाफ गर्दा गर्दै श्रीनगरबाट साँझ ७ बजे सपना र रामचन्द्र बागचाैर तर्फ हिडे ।
सपना भन्छिन् ‘श्रीनगरबाट हिड्दा रात परिसकेकाे थियाे । चाख्लिघाट नजिकैकाे जंगलमा आउँदा सरले बाइक राेक्नु भयाे । अनि माथी डाँडातिर जाउँ भन्दै मलाइ बाइकबाट झर्न आग्रह गर्नु भयाे । तर म बाइकबाट झर्न मानिन् । त्यतिकैमा उता रिजर्भ गाडीमा हुनुभएकाे सरहरुले रामचन्द्र सरलाइ किन ढिला गरेकाे भन्दै फाेन गर्नु भयाे । जवाफमा रामचन्द्र सरले मेराे बाटाेमा बाइक बिग्रेकाे छ भन्नु भयाे । त्यसाेभए हामी गाडी लिएर आम भन्दै सरहरुले प्रश्न गर्नुभयाे । पर्दैन एकैछिनमा बाइक बन्छ । हामी आइहाल्छाैं, तपाइहरु जाँदै गर्नुहाेस भनेर रामचन्द्र सरले जवाफ दिनु भयाे ।’
चाख्लिघाटकाे जंगलमा सपनाले बाइकबाटै ओर्लिन नमानेपछि रामचन्द्र त्यहाँ धेरै करकाप नगरेर अगाडी बढे । कालाखेत र थारमारेकाे बीचमा पर्ने स्याउली बजार नजिकैकाे जंगलमा आइसकेपछि फेरि रामचन्द्रले बाइक राेकेर जंगलमा जाउँ भन्दै सपनालाइ बलजफ्ती गर्न थाले । त्यहाँ पनि सपनाले नमानेपछि उनिहरु बागचाैर पुगेर आ-आफ्नाे घर तिर गए ।
याे घटना घटेकाे केहिदिन पछि बिहान एक्कासी सपनालाइ रामचन्द्रले स्कुलमा ट्युसन छ पढ्न आउनुपर्याे भन्दै फाेन गरे । सपना भन्छिन्, ‘सरले फाेन गरिसकेपछि म पढ्न भन्दै स्कुल गए, तर त्यहाँ काेहि पनि रहेन्छन् । अनि भित्र अफिसमा जाँदा रामचन्द्र सर मात्रै एक्लै हुनुहुदाे रहेछन् । म भित्र जान बित्तिकै सरले अफिसकाे ढाेका बन्द गर्नु भयाे । किन यस्ताे गर्नुहुन्छ सर भन्दै म ठुलाे स्वरमा बाेल्न थाल्दा सरले ठुलाे स्वरमा नबाेल भनेर हप्काउन थाल्नुभयाे । त्यसपछि मलाइ जवरजस्ती गर्नुभयाे ।’
जवरजस्ती गरिसकेपछि सपनालाइ याे कुरा बाहिर कसैलाइ पनि नभन्न रामचन्द्रले डर देखाए । ‘म माथी त्यस्ताे कार्य गरेपछि म राेए । सरले याे कुरा बाहिर भनेपछि तिम्राे नै बेइज्जत हुन्छ भन्नुभयाे । मैले पनि त्यहि ठानेर कसैलाइ पनि भनिन् ।’
विस्तारै रामचन्द्रले सपनालाइ माया देखाउन थाले र सपना पनि रामचन्द्र प्रति आकर्षित भइन् । त्यसपछि उनिहरुकाे सधै नै याै’न कृयाकलाप हुने गर्याे । रामचन्द्रले घरकी श्रीमती राम्राे नलाग्ने र घरकाे श्रीमतीलाइ छाेडेर सपनाकाे उमेर पुगेपछि सपनालाइ नै बिहे गर्ने आश्वासन दिए । र सपना पनि त्यहि कुरामा ढुक्क भएर सधै रामचन्द्रकाे सम्पर्कमा हुन भेट्न र घुम्न जान थालिन् ।
कसरी बाहिरियाे बला’त्कारकाे कुरा
पछिल्लाे पटक काेराेनाकाे कारण भएकाे लकडाउनमा रामचन्द्र र सपनाकाे खासै भेट हुन सकेन् । तर उनिहरु बीच पहिले देखिनै शारिरिक सम्बन्ध भएकाे थियाे । त्यहि कारण सपनाकाे पेटमा दुइ महिनाकाे बच्चा बसिसकेछ । त्यसपछि दुवैमा तनाव श्रृजना उत्पन्न भयाे ।
याे कुरामा के गर्ने भन्नेबारे दुवैमा कुराकानी भयाे । अन्तिम निष्कर्षमा सपनाले औषधि खाएर बच्चा फाल्ने सहमती भयाे । असारकाे अन्तिम साता तिर रामचन्द्रले औषधि ल्याएर बागचाैर बजारकाे सडकमा सुटुक्क सपनाकाे हातमा दिए । औषधि कसरी खाने भन्ने बारेमा रामचन्द्रले सबै कुरा सपनालाइ फेसबुककाे म्यासेन्जरमा बताए ।
सपनाले पनि आफ्नाे स्वस्थ्यमा भैरहेकाे प्रत्येक समस्या रामचन्द्रलाइ बताइन् । केहिदिन सपनाले औषधि पनि खाइन् । सपनाले सधै एकान्तमा च्याट गर्ने कुरा घरमा थाहा पाइसकेपछि सपनाकी दिदि र भाइले उनलाइ निगरानी गरेका थिए ।
साउनकाे पहिलाे साता सपनाकाे भाइले सपनाकाे फेसबुककाे पासवर्ड च्यान्ज गरेर आफ्नाे माेबाइलमा फेसबुक खाेल्याे । दिदिभाइले उनकाे फेसबुकमा सबैका म्यासेज हेर्ने क्रममा रामचन्द्रकाे म्यासेज पनि हेर्न भ्याए ।
म्यासेजमा सपनाकाे र रामचन्द्रकाे कुराकानी देख्दा उनिहरु एकाएक रुखबाट खसेजस्ताे भए । स्कुलमा पढाउने गुरुले नै यस्ताे कार्य गरेकाे देखेपछि घरमा आमा र बिदेशमा रहेका बुबालाइ समेत उनिहरुले खबर गरे । त्यसपछि सपनाले पनि आफु र रामचन्द्रकाे सम्बन्धबारे भएकाे सबै साँचाे कुरा खाेलिन् ।
बिहे गरेकाे भए घटना प्रहरीमा जाने थिएन
सपना र रामचन्द्रकाे सम्बन्धकाे बारेमा घरमा सबैलाइ थाहा भएपछि याे खबर सुरुमा रामचन्द्र कहाँ पनि पुग्याे । सुरुमा रामचन्द्रले आफुले केहि नगरेकाे याे सब आफ्नाे फेसबुक आइडी कसैले ह्याक गरेर लेखेकाे बताए ।
तर पछि उनले घटना स्वीकार गरेर सपनालाइ बिहे गर्ने बताए । सपनालाइ बिहे गरेर काठमाडाैं लिने र आफ्नाे सम्पर्कमा आउन भने । सपनाले रामचन्द्र सँग जान तयारी गरेकाे बेला रामचन्द्र सम्पर्क बिहिन बने । त्यस्तै गर्दै एक दुइदिन सम्म समय बित्याे । पछि रामचन्द्रले कुरा फेर्दै भने, ‘म तलाइ बिहे गर्दिन, तँ जे गर्छेस गर ।’ त्यसपछि सपनाले परिवारकाे सहयाेगमा प्रहरीमा गएर जाहेरी दिएकाे बताइन् ।
सपना भन्छिन्, ‘म सरलाइ धेरै माया गर्थाे । यदि सरले मलाइ बिहे गरेकाे भए म मुद्दा दर्ता गर्ने थिइन् । सरले मलाइ बिहे गर्दिन भनेपछि मात्रै मैले उजुरी दिएकी हुँ । हाम्राे सम्बन्धकाे बारेमा घर परिवारले थाहा नपाएकाे भए सायद हाम्राे सम्बन्ध लामाे समयसम्म भैरहन्थ्याे हाेला ।’
बला’त्कारकाे मुद्दा दर्ता भएपछि रामचन्द्र केसी फरार भएका छन् । उनलाइ अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेकाे छैन् । अहिले सपना पनि सम्पर्क बिहिन भएकी छन् । सपनालाइ रामचन्द्रले लिए वा रामचन्द्रलाइ तनाव दिन सपनालाइ बेपत्ता बनाइयाे भन्नेबारे अहिले प्रश्नहरु उब्जिएका छन् ।
पीडित १४ वर्षिया बालिका (परिवर्तित नाम सपना)सँगकाे कुराकानीकाे आधारमा तयार पारिएकाे सामाग्री
याे पनिः सल्यानमा एक शिक्षकमाथी लाग्याे आफ्नै १४ वर्षीया विद्यार्थीलाइ बलात्कार गरेकाे आरोप
याे पनिः सल्यानमा एक महिना अघि बलात्कृत भएकी १४ वर्षिया बालिका बेपत्ता