• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

जापानमा शक्तिशाली आँधीको चेतावनी


भाद्र २१, काठमाडाैं । जापानको दक्षिणी भाग तर्फ आउँदै गरेको हेसन नामको शक्तिशाली आँधीले जनजीवन प्रभावित पार्ने भएपछि सावधानी अपनाइएको छ ।

भारी वर्षासँगै आउने उक्त आँधीले उच्च ज्वारभाटा सहित समुद्री सतह बढाउने आंकलन गरिएको छ । स्थानीय अधिकारीले प्रभावित हुनसक्ने स्थानका १ लाख परिवारलाई सुरक्षित स्थानतर्फ सारेका छन् ।

ओकिनावा, कागोसिमा, कुमामोटो र नागासाकीमा यसले धेरै प्रभाव पार्ने अग्नी तथा प्रकोप एजेन्सीले जनाएको छ । आँधीले ओकिनावामा ३ हजार घरको बत्ती समेत काटिसकेको छ । यससँगै ओकिनावा र दक्षिणी जापानका विमानस्थलबाट छुट्ने तयारीमा रहेका ५ सय भन्दा धेरै उडान रद्द गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार