• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

दुर्गेश थापाको नया गित “तिमी यत्ती राम्री किन”मा प्राची लामा


तेज वली /भदौ २० दाङ । दुर्गेश थापाको नया गितमा प्राची लामाले अभिनय गरेकी छिन । माया र प्रेम संग सम्बन्धित निकै सुमधुर रहेको यो गितमा उनले पहिलो पटक अभिनय गरेकी हुन । पहिलो पटक प्राचीले अभिनय गरेको यस गितमा उनको निकै नै दमदार अभिनय रहेको छ ।

आज आइतबार दुर्गेश थापाको Youtube Channel मार्फत सार्बजनिक गरिएको यस गितको सब्द सिर्जना रोशन सिंहले गरेका छन । तिमी यत्ती राम्री किन बोलको गितको म्युजिक भिडियोमा गायिका अन्जु पन्त र गायक दुर्गेश थापाले स्वर भरेका छन ।

शिब बिकको निर्देशनमा निर्माण भएको गीतमा दुर्गेश र प्राचीले अभिनय गरेका छन । अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडियोलाई मिलन बिस्वकर्माले कलर तथा सम्पादन गरेका छन । भिडियो: 

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार