• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

प्रदेश सरकारले सल्यानमा खाेल्याे लेखा नियन्त्रण कार्यालय


भाद्र २२, सल्यान । सल्यानमा कार्णाली प्रदेश अन्तर्गत लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सदरमुकाम खलंगामा कार्यालयको आइतबार उद्घाटन गरका हुन् ।

जिल्लामा प्रदेश सरकारका तर्फबाट जिल्लामा हुने सवै आर्थिक क्रियाकलापहरुको नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको मन्त्री ज्वालाले जानकारी गराएका हुन् । “जनताहरुले संघियताको प्रत्याभुति घरआँगनमै गर्न सकुन भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो” मन्त्री ज्वालाले भने ।

गत आर्थिक बर्षमा आर्थिक बर्षको समाप्ती भइसहेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेको भन्दै चालु आर्थिक बर्षमा यस्ता खालका समस्याहरु न्युनिकरण गर्नका लागि प्रदेश सरकारले पहल गर्ने जानकारी दिए ।

यस्तै कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सांसद गुलावजंग शाहले सल्यानमा नै प्रदेश लेखा इकाई कार्यालय स्थापना हुनु सुःखद पक्ष भएको बताएका छन् ।  प्रदेश सरकारको बित्तिय प्रर्णालीलाई पारदर्शी बनाउनुका साथै छिटो, छरितो र स्तरीय सेवा प्रवाहमा कार्यालय स्थापनाले थप मद्धत मिल्ने बताएका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, उपप्रमुख हरी प्रकाश बुढाथोकी, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुन, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ लगाएतकाले बाेलेका थिए ।

यसैबिच सल्यानमा प्रदेश मातहतमा रहेका ८ वटा कार्यालयहरुबाट सम्पादन गरिने क्रियाकलापहरुको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्याललयले जनाएको छ । जिल्लामा कार्यालय नुहदा प्रदेशबाट सञ्चालन गरिएका क्रियाकलापहरुको लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार