• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दूर्लभ पाटे बाघको छाला र हड्डीसहित दाजुभाइ पक्राउ


भाद्र २२, कैलाली। बझाङमा दूर्लभ पाटे बाघको छाला र हड्डीसहित दाजुभाइ पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुङल नगरपालिका-६ बझाङका २६ वर्षीय हरजित बोहरा र उनका भाइ २३ वर्षीय सुरेन्द्र छन्।

सुदूरपश्चिम प्रहरी प्रदेश अनुसन्धान टोली (आरआईटी) ले बुङलको बिजगडा बजारबाट बागथला तर्फ जाँदै गरेको आज बिहान पौने तीन बजे उनीहरूलाई पक्राउ गरेको हो।

बाघको दुई थान छाला र हड्डीसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख एसएसपी मुकेशकुमार सिंहले देखापढीलाई बताए ।

दाजुभाइको साथबाट ८ फिट ७ इन्च लम्बाई र ४ फिट ६ इन्च चौडाइ तथा ७ फिट ६ इन्च लम्बाइ र ३ फिट ८ इन्च चौडाइको दुई थान पाटे बाघको छाला साथै ९ केजी हड्डी बरामद गरिएको छ।

प्रहरी अनुसन्धानको टोली आफैं ग्राहक बनेर वन्यजन्तुको चोरी शिकारीमा संलग्‍न उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार