• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

भोक को बिकल्प छैन ,बन्दाबन्दी को बैज्ञानिक बिकल्प खोजौ


हिमाल डागी : रोग को उपचार गर्ने बिकल्प हरु धेरै हुन सक्लान तर भोक को एउटै मात्र बिकल्प हुन्छ खाना मान्छे भोक भोकै मर्ने अबस्थाको श्रीजना भरहेको बर्तमान समयमा मान्छेहरुका आआफ्नै तर्क छ्न ,बुझाइहरु छन र त्यही अनुरुप दृस्ठिकोण बनिरहेका छन किसानहरुले आवश्यकताको बेला मल नपाउनुले राज्य किसान मजदुर प्रती कति जिम्मेवार छ भन्ने कुरा प्रस्ट देखायको छ ।

कम्युनिस्ट दुई तिहाइ को बलियो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजबाद को यात्रा मा सरियक भयको सरकार कता बिलिन छ कता कुन यात्रा मा गन्तव्यबिहिन भयर बरालियको छ? पैसा र शक्ति को आड मा ठेक्का पाउने र कमिसन को लोभ मा परि अयोग्य मान्छे लाई ठेक्का दिने यो दलाल प्रवृत्ति कै कारण मुठी भर मान्छे हरु मालामाल हुने तर गरिब किसान मजदुर हरु चरम मर्का मा परेको र उत्पादन मा व्यापक कटौती हुने प्रस्ट देखियको छ।

१०% मानिसहरु लाई कोरोनाको कुनै पनि प्रभाब नरहेको र ९०% मानिसलाइ कोरोना को कारण कुनै पनि असर बाकी नराखेको देखिन्छ यस्तो जटिल परिस्थिति मा सबै जना सचेत भै भौतिक दुरि पालना गर्दै उत्पादन मुखी काम काज मा जोडिनु को बिकल्प नरहेको प्रष्ट भयको छ ,केही समय बैकल्पिक ब्यबस्थापन को लागि बन्दाबन्दी गरे पनि दीर्घकालीन रुपमा यस्लाइ नै निर्बिकल्प ब्यबस्था मानेर बस्ने हो भने अब भोको पेट ले कुनैपनी प्रकार को नीति नियम,डर,त्रास ,बलप्रयोग लाइ मान्न सकिने अबस्था छैन ।

सिङो विश्व नै कोभिड १९ ले निम्त्याएको समस्या र समाधान मा जुटिरहेको भन्ने भनाइ लाई आधार मान्ने हो भने पनि बुझाइ र दृस्ठिकोण हरेक मान्छे ले बदल्नु पर्ने देखिन्छ जहाँ बाट कोरोनाको उत्पति भयो त्यहा हाल कोरोनाको कुनै पनि जोखिम नभयको भन्ने जानकारी पनि बहुसंख्य मानिसलाई अन्योल पार्न काफी छ ,न कोरोना को पुर्ण उपचार गर्ने उपचार पद्धति को बिकास भएको छ ।

न कुनै भ्याक्सिन तर पनि कोरोना को उच्च संक्रमण रहेको चीन एका एक कसरी संक्रमण मुक्त भयो यो आफै मा रहस्यमय छ यस्तै रहस्य का कारण धेरै मान्छेहरु अन्योलतामा बस्नु परिरहेको छ र धेरै देश मा यो एउटा आंतक भयको ,जैबिक हतियारको रुपमा प्रयोग भयको,सम्पन्नशाली रास्ट्र ले आफू हाबी हुन यस्को त्रास फैलायको भन्ने बिबाद पनि उतिकै चर्किरहेको देखिन्छ विश्व मा करोडौं मान्छे संक्रमित भयको र लाखौ मान्छे कोरोनाकै कारण मर्नु परेको तथ्य पनि सङै सार्बजनिक भैरहेकै छ छिमेकी देस भारत मा कोरोना संक्रमण दर प्रती दिन ७०-९० हजार रहेको छ भने सयौ बेक्ती प्रतिदिन मरिरहेका छन

हाम्रो जस्तो सहज परिस्थितिमा मा पनि दैनिकी गुजारा गर्न हम्य हम्य पर्ने देश का लाखौ गरिब मान्छेहरु जस्को जिबिको पार्जनको माध्यम भनेकै दैनिक ज्याला मजदुरी मा सिमित थियो उनिहरु को सहनसिलता ,धैर्यता को बाध अब टुटिसकेको छ किन कि भोक को बिकल्प भनेको खाना सिबाय केही बन्नै सक्तैन हुनै सक्तैन त्यसैले भोक मेटाउन ,खाना भेटाउन उनिहरुलाइ रोग को डर लाई बिर्सनु पर्ने बाध्यात्मक परिस्थिति श्रीजना भयको छ यति लामो पुर्ण छ महिनाको बन्दाबन्दी समय मा पनि राज्यको तर्फ बाट कुनै पनि प्रकार को कोरोना जोखिम बाट बच्ने बैकल्पिक उपाय हरु को तयारी नभयको र अत्यावश्यक बस्तु को जोहो गर्न नसक्दा गरिब, मजदुर हरु को मजबुरी बढेर आफू बाच्न र आफू मा आश्रीत परिवार लाई बचाउन लाई प्रतिदिन लाखौ को संख्या मा संक्रमित बढिरहेको भारत जान बाध्य छन बोर्डर मा हजारौं नेपाली मजदुर को लस्कर छ यता सरकार भने कोरोना महामारी नियन्त्रण को बिकल्प मा लक्डाउन र निषेधआज्ञा भन्दा अरु देखेकै छैन सोच्नै भ्यायको छैन बिदेस बाट उद्दार गर्ने भनियका बिदेसी मजदुर हरु बाट पनि महङ्गो रकम असुलेको गुनासो उतिकै बढ्दो छ ।

आम नागरिक कै स्तर बाट कोरोना महामारी कि आतंक भन्ने बिसय मा व्यापक छलफल चल्न थालिसकेको छ ,अस्पताल मा उपचार मा खटेका स्वास्थ्यकर्मी नै संक्रमण पश्चात बिभेदकारी व्यबहार खेपेको ,कोरोना रोग भन्दा बढी आतंक मात्र भयको सचेत भयर दैनिकी तिर फर्कनु बिज्ञान सम्बत भयको भन्ने बिचार हरु समाचार मार्फत बाहिरिराखेका छन यस्को समाधान को लागि राज्य पुर्ण रुपमा असफल भयको टेेस्ट किट्स देखि सक्रमित ब्यबस्थापन ,उपचार सबै ठाउ मा भ्रस्टाचार अनियमितता ,कमिसन मै राज्य संरचना लिप्त भयको भन्ने टिकाटिप्पनी बाहिरिरहेका छन । कुनै पनि जिल्ला मा जोखिम न्यूनीकरण गर्न त्यहाका जानकार ,जिम्मेवार स्वास्थ कर्मी को सल्लाह सुझाब र योजना भन्दा बाहिर गयर जिल्ला प्रसासन ले भोलि को सम्भाबित जोखिम बढ्ने भन्दै गरिब,मजदुर ,असाहय ,बृद्द ,दीर्घरोगी को प्रबाह नै नगरी जनता लाइ घर मै हुलेर लकडाउन र निषेधआज्ञा मात्र बढाइरहनु ले अथवा बैज्ञानिक बिकल्प खोज्न नसक्नु ले राणा हरु ले जस्तै निरंकुश शासन लाद्न खोजेको आरोप पनि उतिकै छ ।

आम निम्न तथा मध्यमवर्गीय परिवार मा चरम संकट को अवस्था श्रीजना भैसकेको छ ,बैंकिङ कर्जा लियर ब्याबसाय सुरु गरेका लाखौ साना तथा मझौला निजि व्यावसायि हरु ६ महिना लामो बन्दा बन्दी ले पुर्णरुपमा शिथिल भैसकेको अबस्था छ कसरी दैनिकी गुजार्ने भन्ने परिस्थिति बनिरहेको अबस्थामा बन्दाबन्दी को चपेटा मा परेर ,बैंकिङ किस्ता ,घरबेटी को भाडा तिर्नै पर्ने हजारौं निजि बिधालय ,संघसंस्था ,कार्यालयहरु अब के हुने भन्ने अन्योलता अझ बढेको छ बैंकिङ कर्जा बापत को ब्याज मिनाह नभयपछी घरबेटी हरु ले सबै भाडा तिर्नु पर्ने माग राख्दै आइरहेका छन ।

सरकार ले भाडा मिनाह गर्नु पर्ने मौखिक उर्दि जारी गरेको तर ठोस नीति कार्यक्रम नबनाय पछि निजि ब्याबसायी हरु अझ धेरै चपेटा मा परेका हुन अझै यस्तै अबस्था रहि रहने र समय मै राज्य गम्भीर भयर यस्को बैज्ञानिक ब्यबस्थापन मा जुट्न नसक्ने हो भने रोग ले भन्दा धेरै मानिसहरु भोक र शोक ले मर्ने कुरा निस्चित छ। आज को दिन सम्म करिब ४६४०० संक्रमित मध्य २८९ जना कोरोना कै कारण ले मरेको तथ्य आयको छ भने करिब १८०० को हाराहारी मा मानिस हरु मानसिक चाप लाई ब्यबस्थापन गर्न नसक्दा आत्महत्या गरेको अर्को डरलाग्दो तथ्य पनि सङै बाहिरिएको छ ।

त्यसैले सबै नागरिक सचेत ,सुरक्षित हुँने र राज्यले कोरोना महामारी नियन्त्रण मा बैज्ञानिक ढङले अगाडि बढ्दै जिम्मेवार अभिभावकत्व निर्बाह गर्न सक्नु पर्दछ यस्तो विषम परिस्थितिमा पनि सत्ता ,शक्ति कै प्रलोभन मा परि लुछाचुडी मै लिप्त रहनु ले आम नागरिकमा निराशा छायको छ ,यस्ता घिर्नित अनैतिक र अशोभनीय कार्य हरु ले राज्य भय नभयको अन्योलता आम मानिस मा परिरहेको छ । अतह बन्दाबन्दी को बिकल्प खोज्दै आम नागरिक कोरोना को जोखिम बाट बच्न सबै प्रकार का सुरक्षानीति अबलम्बन गर्ने र राज्य पुर्ण रुपमा सक्रिय हुँदै जनतामुखि भयर नीति तथा कार्यक्रम बनायर अगाडि बढ्नु को बिकल्प छैन पुनस्च लकडाउन को बैज्ञानिक बिकल्प खोज्नु बिज्ञान समबत हुन्छ यथासिघ्र बन्दाबन्दी को बिकल्प खोज्नु अपरिहार्य बनिसकेको छ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार