• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

दाङ : कृतिम तालमा डुवेर बेपत्ता भएका युवकको शब फेला


दाङ, भदौ २२ ।  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेमा रहेको कमिरे कृत्रिम तालमा डुवेर बेपत्ता भएका युवकको शव फेला परेको छ । आईतबार दिउँसो पौने ३ वजेतिर डुबेर बेपत्ता भएका सोही ठाउँका २२ वर्षिय गोपाल सुनारको शब २४ घण्टा पछि फेला परहेको हो ।

हिजो आइतबार अन्य चार जना साथीसँगै तालमा पौडि खेल्ने क्रममा सुनार डुवेर बेपत्ता भएका थिए । उनको हिजोदेखि नै खोजि कार्य थालिएको भएपनि ताल गहिरो भएको हुँदा भेटाउन कठिन भएको थियो । निरन्तर खोजि कार्यपछि जिल्ला प्रहरी कार्यालय दाङको टोलीले आज पौने २ बजे शव फेला पारेको  प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार