• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

बिहे गरेकाे ६ महिनामै बच्चा जन्मिएपछि…


भाद्र २३, बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बला त्कार गरी ग*र्भवती बनाएको आ*रोप लागेको छ ।

जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बला त्कार गरेको आ*रोप लागेको हो । पीडित किशोरी बला त्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी ज*न्मिएपछि बला त्कार गरेको कुरा बाहिर आएको हो ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने दुइ शिक्षक र स्थानीय एक युवकले बला त्कार गरेको आ*रोप लागेको हो ।

तीनै जनाले ती छात्रामाथि पटकपटक बला त्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आ*रोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बला त्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए ।

उनले भने, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताएका छन्।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार